बैशाख २७, २०८२ शनिबार

बिर्तामोडमा गोलभेडा जाँच : अत्याधिक विषादी, उपभोग गर्न अयोग्य

बिर्तामोड । बिर्तामोडस्थित कृषिथोक बजारमा विक्रीका लागि ल्याइएको गोलभेलामा अत्याधिक विषादी भएको पुष्टि भएको छ । इलामबाट आयात गरिएको गोलभेलामा विषादीको मात्रा उच्च भएपछि उपभोग अयोग्य भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

कृषिथोकका व्यवसायी मनिष शाहले आयात गरेको गोलभेडामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि देखिएमा डिस्पोज गर्ने गरिन्छ ।

३ क्यारेट टमाटरमा विषादीको मात्रा अत्याधिक देखिएपछि डिस्पोजको तयारी गरिएको बताइएको छ । यसअघि दानाबारीबाट आयात गरिएको काँचो केरामा पनि अत्याधिक विषादीको मात्रा फेला परेको थियो ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]