बैशाख २६, २०८२ शुक्रबार

राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने

काठमाडौं । एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ । संघले कार्तिक ११-१२ गते हायत प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको संगठनका केन्द्रीय सचिव पर्वतराज भण्डारीले जानकारी दिए ।

एआई सम्मेलनबाट विश्व बजारमा भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको संघले जनाएको छ ।

सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए ।

सम्मेलनमा १००० जना सहभागी हुने छन जसमा ५०० जना संघबाट सिफारिस गरेका प्रतिनिधि हुन्छन भने बाकी ५०० जनाको कोट खुल्ला गरिएको छ । खुल्ला कोटमा सबै इच्छुक युवाहरूले फर्म भरी प्रतिनिधि हुनको लागि आवेदन दिन सक्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ३ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]