बैशाख २६, २०८२ शुक्रबार

बिर्तामोडमा नियमित जाँच : पाँचथर र भारतको गोलभेडामा देखिएन विषादी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आज पनि गोलभेडाको जाँच गरिएको छ । मंगलवार इलामबाट आयात गरिएको गोलभेडामा अत्याधिक विषादी देखिएपछि आज पाँचथर र भारतबाट आयात गरिएको गोलभेडामा पनि जाँच गरिएको हो ।

पाँचथरबाट व्यवसायी हरिराज ढुङगेल र खगेन्द्र महतोले गोलभेडा आयात गरेका थिए । महतोले भारतबाट गोलभेडा आयात गरेका थिए । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले आज विहान गरेको परीक्षणमा पाँचथर र भारतबाट आयात भएको गोलभेडामा अर्गानो फस्फेटको मात्रा शुन्य भएको जनाइएको छ । प्रयोगशालाका अनुसार आज परीक्षण गरिएको टमाटर उपभोग योग्य रहेको छ ।

मंगलवार कृषिथोकका व्यवसायी मनिष शाहले आयात गरेको गोलभेडामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको थियो । महंगो गोलभेडामा अत्याधिक विषादी भेटिएपछि उपभोक्ता त्रसित भएका थिए ।

कृषिथोकका व्यवसायी खगेन्द्र महतोले गोलभेडामा विषादी देखिनुमा व्यवसायीहरुको गल्ती नभएको बताएका छन् । उनले उपभोक्ताहरुलाई परीक्षण भएको गोलभेडा बुझेर मात्र खरिद गर्न आग्रह गरेका छन् । उनले उपभोक्ताको स्वास्थ्य अधिकारप्रति व्यवसायीहरु सचेत भएको बताए ।

हिजोको ३ क्यारेट गोलभेडा बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र संग्रौला, व्यवसायी र प्राविधिकहरुको रोहवरमा नष्ट गरिएको थियो ।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  ११ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]