इप्रका दमकमा तनाव, जाहेरी दर्ता गर्न नमानेको आरोप
दमक । जग्गा विवादका क्रममा हत्या गरिएको व्यक्तिको परिवारको जाहेरी लिन नमानेपछि इलाका प्रहरी कार्यालय दमकमा तनाव भएको छ । पीडित परिवारले हत्यामा संलग्नलाई पक्राउ गरि कारबाहीको माग गर्दै जाहेरी दिँदा प्रहरीले नलिएको अहिले इप्रका दमकमा तनाव भइरहेको छ ।
मावा खोलामा रहेको क्रसर उद्योग सञ्चालनको जग्गा सम्बन्धि विवादका क्रममा मंगलबार दिउँसो हत्या गरिएका दमक– ९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको परिवार र स्थानीय प्रहरी कार्यालयमा भेला भई जाहेरी दर्ताको माग गरिरहेका छन् ।
दमक– ३ स्थित बेलडाँगी – मधुमल्ला सडकखण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । निरौलालाई जग्गा विवादका क्रममा ढुंगा प्रहार भएको र भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याएका थिए । अस्पताल पुराउन साथ चिकित्सकले निरौलालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको झापा प्रहरीले जनाएको छ ।