बैशाख २४, २०८२ बुधबार

दुर्घटना कम गर्न गति नियन्त्रण गरौं

सम्पादकीय

झापामा केही समययता हरेक दिन सवारी दुर्घटना भइरहेको छ । सवारी दुर्घटनाबाट प्रायः यात्रुहरुको ज्यान गइरहेको छ । बसको ठक्करबाट बुधबार साँझ केरखामा दुई जनाको ज्यान गयो । हजुरबुबा र नातिनीको बसको ठक्करबाट ज्यान गयो । सो दुर्घटनापछि सो क्षेत्र तनावग्रस्त बन्यो । प्रहरीले स्थिति नै नियन्त्रणमा लिन नसक्ने गरि आक्रोसित भीडले आगजनी र तोडफोड गरे । सवारी दुर्घटना भनेको कुनै पनि योजनाका साथ हुने होइन । यो भवितव्य हुने हो ।

दुर्घटनालाई अधिकतम कम गर्नका लागि सबैले सचेत हुनुपर्छ । सचेत नभएमा दुर्घटना न्यूनिकरण गर्न सकिदैन ।
सवारी चलाउनेहरु सबैले दुर्घटनाप्रति संवेदनशिल बन्नुपर्छ । सबैलाई आफ्नो ज्यानको माया छ । दुर्घटनामा जसको पनि ज्यान जान सक्छ । त्यसैले दुर्घटनाबाट पीडित बन्नेहरु र दोषीहरु सबैले यो कुरालाई मनन् गर्नुपर्छ । झापाका विभिन्न सडकहरुमा भइरहेको दुर्घटनाले सवारी चलाउने चालकहरुको कमजोरी पनि स्पष्ट हुन्छ । तिब्र गतिका कारण धेरै दुर्घटनाहरु भइरहेका छन् । तिब्र गतिलाई कम गर्ने वित्तिकै दुर्घटना दर कम हुन्छ । हरेक सवारी चालकहरु यसमा सहमत हुनुपर्छ । दुर्घटनाले धेरै परिवारको खुशी खोसिएको छ । सानो त्रुटिले गर्दा चालकहरु जेल जीवन विताउन बाध्य हुनुपरेको छ । यसैले चालक पनि सचेत हुन आवश्यक छ ।

यहाँ सडकको संरचना पनि व्यवस्थित छैन । सडकमा सवारीको पनि चाप छ । त्यसैले कुनै पनि प्रकारका सवारी चलाउनेहरु आफै ख्याल गरेर चलाउनुपर्छ । ट्राफिक प्रहरीले सडकमा सुरक्षाका लागि काम गर्नुपर्छ । अधिकतम योजना निर्माण गरेर दुर्घटना न्यूनिकरणमा विशेष ध्यान दिनुपर्छ । दुर्घटना हुने नहुने भन्ने विषय ट्राफिकको हातमा हुदैन । तर, ट्राफिकले नियमनमा कडाई गरेमा दुर्घटना कम अवश्य हुन्छ । ट्राफिक नियम पालना नगर्नेहरुलाई कडा कारबाही गर्नुपर्छ । मादकपदार्थ सेवन गरेर चलाएको पाएमा निश्चित समयका लागि सवारी सधान चलाउनबाट निलम्बन नै गर्नुपर्छ । यसैले सबैको समस्याको विषय बनेको सवारी दुर्घटना कम गर्न आ–आफ्नो ठाउँबाट योगदान गरौं ।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  ११ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]