सरकारले राम्रो काम गरेको : सभापति देउवा
काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।
सरकारको एक सय दिनमा सरकारसँग असन्तुष्ट रहनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’