बैशाख २५, २०८२ बिहीबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं, ९ कार्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिइएको छ । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको खुलेको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]