गौरीगञ्जमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सम्झौता
बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसान्धान बिभाग नक्सालले तयार पारेको स्थानिय तह प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८० कार्यान्वयनका लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि कार्यान्वयनका लागि त्रि–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, शिक्षा शाखा प्रमुख टंक प्रसाद खरेलबीच सम्झौता भएको हो ।
त्रि–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
झापाका प्रमुख प्रहरी उपरीक्षक के.सी.ले गाउँपालिका अध्यक्ष राजवंशीलाई स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८० को नमूना हस्तान्तरण गरेका थिए ।