सुरुङ्गामा वार्डस्तरीय फुटबल, कनकाई ३ को बिजयी सुरुवात
सुरुङ्गा । झापाको कनकाई नगरपालिका– ३ स्थित कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
होटल डिलाईट र अमेरिकास्थित पूर्व आर्मी आशिस संग्रौलाको आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर ३ ले पहिलो खेलमा जित हासिल गरेको छ ।
३ नम्बरले ७ नम्बरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । बिजयी टिम ३ नम्बरका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको हो । जसमा खेलको १९ मिनेटमा रोहन कार्की, २१ मिनेटमा अरुण श्रेष्ठ र २४ मिनेटमा छितिज कुवँरले गोल गरेका थिए ।
यता, वडा नम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा गोल गरेपनि टिमको हारलाई भने टार्न सकेनन् । उनको गोल शान्तवनामा परिणत भएको थियो । कनकाई ३ दोस्रो हाफमा एक खेलाडीले दोहोरो पहेंलो कार्ड खादै मैदान बाहिरिदा कनकाई ३ नम्बर १० खेलाडीमा सिमित हुन पुगेको थियो । ७ नम्बरले त्यसको फाइदा उठाउन भने सकेन ।
खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी छितिज कुँबर भए । उनलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला लगायातले नगद १५ सयसहित पुरस्कृत गरे । उनी भारतीय टिम राजस्थान रोयल्सबाट व्यावसायिक फुटबल समेत खेलिरहेका छन् । कनकाई ३ राष्ट्रिय खेलाडी रोहन कार्की सहित टिममा उत्रिएको थियो । कनकाई माविको खेल मैदानमा शुक्रवारदेखि आयोजित प्रतियोगिताको शनिवार २ खेलहरु हुनेछन् । पहिलो खेल कनकाई ९ र १ नम्बर वार्डबीच दिउँसो १ बजे र दोस्रो खेल वडा नम्बर ८ र ४ बीच दिउँसो ३ बजे हुनेछ ।
्प्रतियोगिताको उद्घाटन सांसद एलपी साँबा लिम्बुले गरेका थिए । साँबाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक दिपेन ओलीले यस क्षेत्रका खेलप्रेमी जनताको भावनालाई मर्न नदिन फुटबल खेलको आयोजना गरिएको बताए ।
कार्तिक १४ गतेसम्म चल्ने दसैतिहार कप नकआउट फुटबल प्रतियोगिता बिजयी हुने टिमले नगद ७१ हजार नगद र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने छ ।
प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वार्डका ९ टिम र कनकाई भेट्रान्सको एक टिमले भाग लिने छ ।
प्रतियोगिता कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा आयोजना भइरहेको छ । खेल अघि यहाँस्थित कनकाई सुरुङ्गा प्रेस क्लव र कनकाई भेट्रान्सविच भएको मैत्रीपुर्ण खेलमा कनकाई भेट्रान्स ७–० गोल अन्तरले बिजयी बनेको थियो ।