बैशाख २५, २०८२ बिहीबार

रोलिङ च्यालेन्ज कपको उपाधिका लागि आयोजक र मानेभन्ज्याङ खेल्दै

मेचीनगर, कात्तिक १० । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधिका लागि आज आयोजक रोलिङ क्लब र भारतको मानेभन्ज्याङ फुटबल क्लब खेल्दै छन् ।

धुलाबारी नुमना माविको खेल मैदानमा हुने फाइनल खेलमा खुवै टिमले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । दुवै टिमले च्याम्पियनका लागि खेल्ने बताएका छन् ।

रोलिङले सम्राट स्पोर्टिङ क्लब विराटनगरमाथि ३–१ गोलअन्तरको सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै, दार्जिलिङको मानेभन्ज्याङ फुटबल क्लब इलामको रेडहर्स एफसीलाई टाइब्रेकरमा ४–३ गोलले रोक्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार पाउनेछ । प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने क्लबका सचिव महेश खड्काले बताए ।

प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]