बैशाख १९, २०८२ शुक्रबार

नेकपा एमाले बाह्रदशीको बैठक मदन भण्डारी संग्राहलय उर्लाबारीमा सम्पन्न

बिर्तामोड । नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको तेश्रो पूर्ण बैठक मोरङ जिल्लाको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनमा आज सम्पन्न गरेको छ । सो बैठकमा वार्षिक कार्ययोजनाहरु सार्वजनिक गरिएको अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार एकबर्षे कार्ययोजनालाई पास समेत गरिएको छ ।

झापाको बाह्रदशी गाउँ कमिटीका नेता कार्यकर्ताहरुलाई बैठकको अवसरमा मदन भण्डारी संग्राहलयको भ्रमण तथा अवलोकन समेत गराइएको छ । अध्यक्ष सापकोटाले भने, मदन भण्डारीको संग्राहलयका बारेमा कुराहरु मात्रै हुन्थे, हामीले बैठक नै यहाँ आयोजना गरेर अवलोकन समेत गरेका छौं ।

गाउँ कमिटी अध्यक्ष सापकोटाको अध्यक्षता एवम् नेकपा एमाले झापाका इन्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रीय सदस्य हरि बहादुर राजवंशी, कोशी प्रदेश कमिटी सदस्य तथा बाह्रदशी इन्चार्ज सन्तलाल मेचे, झापा जिल्ला कमिटी उपाध्यक्ष शिब ढुङगेल, मोरङ जिल्ला कमिटी सचिवालय सदस्य तथा सांसद उमाकान्त गौतम, झापा जिल्ला सचिवालय सदस्य लक्षमण पाठक, कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य शेर बहादुर तामाङ, बाह्रदशी गाउँ पालिका अध्यक्ष तथा जिल्ला सदस्य देविन्द्र चम्लगाई, प्रदेश कमिटी संयोजक विरेन्द्र प्रसाद राजवंशी, उर्लाबारी नगर कमिटी अध्यक्ष गंगा बास्तोला लगायतको आतिथ्यता रहेको थियो ।

उक्त बैठकमा उमाकान्त गौतम, शिव ढुङेल, सन्तलाल मेचे, हरि बहादुर राजवंशीले शुभकामना मन्तव्य राखेका थिए । यस्तै, बर्तमान अवस्थामा जबजको सान्दर्भिकता बिषयमा प्रमुख अतिथि झापा जिल्ला इञ्चार्ज रोमनाथ ओलीले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

कमिटीका उपाध्यक्ष यादव मिश्रले स्वागत गरेको बैठकको सञ्चालन सचिब शम्भुसिंह राजवंशी गरेका थिए ।

प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]