भद्रपुर झापा गोल्डकप फुटबल फागुन ७ देखि
बिर्तामोड । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा समय निर्धारण भएको आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बङ्गलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । २०७९ सालमा भएको पहिलो संस्करणमै चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण थप परिस्कृत हुनेगरी तयारी गर्ने ढकालले बताए ।
प्रतियोगिता मेची रङ्गशालामा आयोजना हुनेछ । पहिलो संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबलाइ हराउँदै त्रिभुवन आर्मी एफसीले जितेको थियो ।