बैशाख २३, २०८२ मंगलबार

मेचीनगरको किराना पसलमा आगलागी हुँदा १ लाखको क्षति

बिर्तामोड । झापा मेचीनगर- ३ धिमाल गाँउमा बिहविार राती आगलागी भएको छ । स्थानीय शर्मिला मेचेको टिनको छाना भएको घुम्ती किराना पसलमा दियोबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा भएको किराना सामान जलेर नष्ट भएको बताइएको छ । आगलागी हुनासाथ स्थानीयबासी सहयोगमा निभाइएको थियो । आगलागीबाट किराना पसलको करिव १ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १६, २०८१ शुक्रबार  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]