पूर्बेली ढुवानीले थप्यो ५ वटा ट्रक
बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रा.लि. बिर्तामोडले ढुवानी सेवा थपलाई थप सहज बनाउने योजनाका साथ ट्रक थपेको छ ।
कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले बिहीवार लक्ष्मीपुजाको दिन ५ वटा ट्रक थप गरेको हो । सेवालाई थप सहज र व्यवस्थित बनाउने उद्देश्यले ट्रक थप गरेको सञ्चालक निर्मलराज खत्रीले जानकारी दिए ।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गरेका छन् । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गरेका हुन् ।
प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताए ।
पूर्बेलीले २५१८ सी मोडलको ट्रक खरीद गरेको हो । यस कम्पनीले सुनसरीको ईटहरीमासमेत कार्यालय राखेर सेवा दिँदै आएको छ । सञ्चालक खत्री ट्रान्सपोर्ट एशोसिएसन संघ झापाका कोषाध्यक्षसमेत रहेका छन् ।
खत्री ढुवानी क्षेत्रमा स्थापित व्यवसायी छन् ।