वार्षिक श्राद्वको दिन पारेर एकजना पुरूषलाई सम्मान
बिर्तामोड १७ कात्तिक । हिन्दु परम्परा अनुसार बाबू-आमाको श्राद्व अनिवार्य मानिन्छ । तर, श्राद्व कर्म गर्ने र गराउने मध्ये कुनै श्रद्वा बाहिरिएको प्रमाणित भयो भने श्राद्व गर्नेको मन भड्किन्छ । त्यस्तै भड्काईको परिणामस्वरूप हेम-सरिता फाउन्डेसनका संस्थापक हेम-सरिता पाठकले दिवंगत बुबा टंकप्रसादको वार्षिक श्राद्वको दिन पारेर एकजना पुरूषलाई सम्मान गरेको छ ।
नेपाललाई भ्रष्टाचार मुक्त बनाएर देश बनाउनुपर्छ भन्ने ध्येयले भ्रष्टाचार विरूद्वको अभियान सञ्चालन गर्दै आएको फाउन्डेसनले बुबा टंकप्रसाद र आमा रमादेवीको प्रत्येक बार्षिक श्राद्वमा एकर एक जना पुरूष र महिलालाई सम्मान गर्दै आएको छ । सोही अनुसार फाउन्डेसनका संस्थापकका झापामा रहेका सहोदर भाइ-बुहारी तथासहित उपस्थित आफन्तले नन्दीकेशर पौडेललाई सम्मान गरेका हुन् ।
फाउन्डेसनका सदस्य तथा पाठकका सहोदर भाइ यज्ञप्रसाद पाठकको बिर्तामोड-४ स्थित निवासमा नगद राशिसहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
पौडेललाई दुर्गा सापकोटाले सम्मान पत्र प्रदान गरेका थिएभने टिकादेवी संग्रौलाले दोसल्ला र हरिमाया थपलियाले खादा अर्पण गरेका थिए । कृष्णकुमार संग्रौलाले सम्मान पत्र वाचन गरेका थिएभने नगद राशी सकुन्तला कार्की पाठकले प्रदान गरेकी थिइन ।
फाउन्डेसनले आर्थिक अवस्था कमजोर भएका र महिला र पुरूषलाई छनौट गरेर नगद ११ हजार एकसय ११ सहित सम्मान पत्रद्वारा गर्ने गरेको बताइएको छ ।
पारिवारिक श्रोतका अनुसार फाउन्डेसनका संस्थापक पाठकले अमेरिकामा बुबाको बार्षिक श्राद्वकर्म गर्ने क्रममा कर्म गराउने यजमानबाट जे अनुभव भयो त्यसैको परिणामस्वरूप बुबा आमाका नाममा गरिव तथा विपन्नलाई सम्मान गर्नका लागि दुइलाखको कोष स्थापना गरेको बताईएको छ ।
भ्रष्टाचार विरूद्व खरो रूपमा उत्रिएका फाउन्डेसनका संस्थापक पाठकले पत्रकार, गीत संगीत, कविता लगायत विभिन्न विधामा राष्ट्रियस्तरको पुरस्कार स्थापना गरेर वितरण गर्दै आएका छन् ।
अमेरिकामा कर्म गर्दै आएका पाठक निकट भविष्यमा नेपालमै फर्केर भ्रष्टाचार विरूद्वको आवाजलाई बुलन्द बनाउनुका साथै सामाजिक कार्यमा अझ सक्रिय भएर लाग्ने बुझिएको छ।
पाठकले झापा, काठमाडौं लगायत विभिन्न दुर्गम क्षेत्रका गरिव तथा जेहेन्दार बालबालिकालाई लक्षित गरि निशुल्क शिक्षाका लागि छात्रवृत्ति समेत प्रदान गर्दै आएका छन् ।