बैशाख २३, २०८२ मंगलबार

अमेरिकासँग नेपाल ३७ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तरगत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले २४४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए । अमेरिकाका साइतेजा मुक्कामाले ७५, कप्तान मोनाक पटेलले ६७ र ५९ रनको अर्धशतकीय पारी खेले । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

प्रकाशित मिति : कार्तिक १८, २०८१ आईतबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]