बैशाख १९, २०८२ शुक्रबार

दमकमा लेनदेन विवादमा छुरा प्रहार, एक घाइते

बिर्तामोड । लेनदेनको विषयमा विवाद हुँदा झापाको दमकमा छुरा प्रहार गर्दा एक जना घाइते भएका छन् ।
सोमबार दिउँसो दमक नगरपालिका वडा न.६ नमुना मार्ग स्थित अस्तव आलमले संचालन गरेको नमुना सटिङ सुटिङ टेलरमा काम गर्ने दमक ७ बस्ने बर्ष २७ को सोनु अहमतलाई धरान उपमहानगरपालिका वडा न.३ बस्ने बर्ष २९ को एजात अहमतले छुरा प्रहार गरेका थिए ।

धारीलो छुरा प्रहारबाट घाईते अहमतलाई लाइफलाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागिी बिर्तामोडको बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । सोनु अहमतलाई आफन्तले थप उपचारको लागि धरान घोपा अस्पताल लगिएको छ ।

छुरा प्रहार गर्ने एजात अहमत तत्काल प्रदेश न.१–०२–०४५ प ६३१९ नम्बरको स्कुटीमा फरार हुँदा दमक नगरपालिका वडा न.६ गणतन्त्र चोकमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा निजको बाँया खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको प्रहरीको निगरानीमा निम्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]