बैशाख २०, २०८२ शनिबार

नव युवा क्लबको सामूहिक देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम

शनिश्चरे – अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभदिपावली तथा छठ पर्वको अवसर पारेर स्थानीय एकता चोक मिलडाँडामा सोमबार साँझ सामूहिक देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।

प्रमुख अतिथि एवं कोशी प्रदेशका मुख्य मन्त्री उद्वब थापाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । चाडपर्व मनाउने हाम्रो पहिचान , कला , साँस्कृतिक जोगाउने हाम्रो अभियान भन्ने मुल उद्देश्यले आयोजित कार्यक्रममा क्लबको पृष्ठभूमि प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा आयोजकका तर्फबाट कलाकारहरु रिद्धिमा मैनाली ,आरवी शाह, खुसी थापा र निसा खड्काले सामूहिक स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सिर्जना बाल युवा क्लबका कलाकारहरु रोजिना थापा र सन्देश बस्नेतले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय बाल कलाकारले कृष्टिका कोईरालाले एकल नृत्य प्रस्तुत गरिन । उनीले दर्शकहरुको मन जितेर नगद पुरस्कार पाइन् ।

गायन तथा नाचहरु प्रस्तुत गर्ने क्रममा सूर्य ज्योति आवासीय अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थी र आयोजक क्लबका कलाकारहरुले नृत्य र गायन प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष देवेन्द्र मैनालीको सभापतित्व र सचिव पूर्ण बहादुर भुजेलले ९दिनेश ० सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि थापाले बोल्दै उनले भने ( मैले आफ्नो ठाउँबाट यस क्लबको लागि एउटा सानो काम गरेर सहयोग पुर्‍याएको थिएँ ,र तपाईंहरुले मेरो मूल्यांकन गरिदिनु भयो । यस्तो खुशी व्यक्त गरे । यस क्षेत्रमा बिकासको लागि मैले सहयोग गरिरहेकोछु। क्लबको भौतिक संरचना सामुदायिक भवन लक्षित गर्दै भवन निर्माण पूर्णता छैन् ।

उनले भने बजेट कति चाहिन्छ ,त्यो बजेट ल्याउने काममा म सहयोग गर्छु । बिकासको मुल स्रोत भनेको हामी उनको भनाइ थियो । क्लबका सल्लाहकार सदस्य तुलसी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा ,वोर्ड सदस्य भोला परियार , कैलाश घाट व्यवस्थापन समितिका केदार पराजुली , सिर्जना बाल युवा क्लबका अध्यक्ष शर्मिला न्यौपाने , महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक उमा थापा ,सूर्य ज्योति बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक रुद्रप्रसाद सिटौला , नेकपा एमाले नगर कमिटीका उपाध्यक्ष रमेश त्रिखत्री, लगायतको आतिथ्यता रहेको थियो ।उक्त देउसीभैलोबाट ४५ हजार ५ सय रुपैयाँ रकम संकलन गरिएको गल्ला संयोजक मदनराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार  २ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]