बैशाख २३, २०८२ मंगलबार

उपनिर्वाचनमा एक्लै चुनाव लड्छौं : महासचिव पोखरेल

काठमाडौं, कात्तिक २२ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उप निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो ।

‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ, हामी एक्लै लड्छौँ, चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ’ उहाँले भन्नुभयो । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरका र भए पनि चुनाव भने दुवै पार्टी अलग अलग लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’ उहाँले भन्नुभयो ।

राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो । यो भूमिका निर्वाह गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिएको र उभिनु पर्नेमा उहाँले जोड दिनुभयो । बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुङ्गो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।

बैठकले काठमाडौंमा उपनिर्वाचन लड्ने उम्मेदवारको पनि टुङ्गो लगाएको छ । जसअनुसार कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा। सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै कीर्तिपुर वडा १ को अध्यक्षमा हर्ष महर्जन र वडा ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  २ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]