बैशाख २०, २०८२ शनिबार

संयमता अपनाउनु उपयुक्त

सम्पादकीय
देश बन्नुपर्छ भन्नेमा एकमत छ । संभवतः देश बन्नु हुदैन भन्ने कोही छैन । संसारको जुनसुकै कुनामा किन नहोस् देशको माया छ । देश बन्नुपर्छ भन्ने भावना छ । देश बनाउने सरकार पक्षको जिम्मेवारी हो । त्यसमा जनताको साथ जरुरी पर्छ । यसको मतलव देश बनाउने अभियानमा रहेकाहरुको सत्तोसराप गरेर विकास संभव छैन । आत्म सन्तुष्टिको लागि सत्तोसरापले अन्ततः बुझ्नेहरुलाई पश्चात गराउनेछ । गत साता नेपाली भूमिमा भइरहेको साफ वमन च्याम्पियनसिपको फाइनलमा देशको प्रधानमन्त्रीविरुद्ध नारावाजी भयो । जापानमा बस्ने भ्लगर रतन कार्कीले यहि बेला हो मार्ने भन्दै अभिव्यक्ति दिए । भलै उनले पछि पक्राउ पर्ने सूचना थाहा पाएपछि माफी मागेका छन् ।

आफ्नै देशको नागरिक जापानबाट मार्नुपर्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ । यहाँ वैकल्पिक शक्तिहरु प्रधानमन्त्रीको शव बनाएर प्रदर्शन गरिरहेका छन् । सामाजिम सञ्जालमा मृत्यूको कामना गर्नेहरु धेरै नै देखिए । प्रधानमन्त्री देशको अभिभावक हो । अभिभावकको मृत्यूको कामना गर्नु ठिक हो ? भविष्यमा स्वयम् प्रदर्शन गर्नेहरुलाई अनुभूति हुनेछ । प्रधानमन्त्रीलाई जनताले काम गर्नका लागि रचनात्मक खवरदारी गर्नुपर्ने हो । उर्जा र आत्मबल दिनुपर्ने हो । तर, मृत्यूको कामना गरिरहेको समाजले के सन्देश दिन खोजिरहेको छ ? धैर्यताका साथ मनन् गरौं । एकातिर देश बनाउनुपर्छ भन्ने, अर्कातिर आफ्नै देशका प्रधानमन्त्री विरुद्ध रातदिन असामाजिक हिसावले विरोध जनाइराख्ने यो कस्तो प्रवृत्ति हो ?

नेतृत्व ठिक हो वा होइन आउँदो निर्वाचनले फैसला गर्ने छ । जनताकै मतबाट निर्वाचित प्रधानमन्त्रीमाथि भइरहेको अमानवीय व्यवहार कुनै हिसावले पनि ठिक छैन, हुन सक्दैन । खासगरी रास्वपाका सभापति रवि लामिछाने पक्राउपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अमानवीय हिसावले व्यवहारहरु प्रस्तुत भइरहेका छन् । त्यस प्रकारका अराजकतामा रास्वपाका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु नै देखिएका छन् । नयाँ शक्ति , वैकल्पिक शक्ति भन्नेहरुबाट भइरहेको अराजकताले समाजलाई पनि राम्रो सन्देश दिन सकेको छैन । लामिछानेमाथि भइरहेको अनुसन्धानले ठगी भएको हो होइन निष्कर्षमा पुराउने नै छ । तर, त्यो भन्दा अगाडि रास्वपाले सडकमा देखाइरहेको व्यवहार राजनीतिक छैन । कोही पनि अराजक बनेर निकास पाइदैन । सबैले यस्तो संवेदनशिल घडीमा संयमता अपनाउनुपर्छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  ३ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]