बैशाख २३, २०८२ मंगलबार

दोलखामा ४.५ रेक्टरको भूकम्प

दोलखामा ४.५ रेक्टरको भूकम्प
काठमाडौँ, २२ कात्तिक स् दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रले उल्लेख गरेको छ ।

प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]