बैशाख २३, २०८२ मंगलबार

आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल परेपछिको जारी आन्दोलन कमजोर बनाइएको भन्दै कार्यकर्ताले खबरदारी गरेका छन् ।

रास्वपाका कार्यकर्ताले पार्टी कार्यालय बनस्थलीमा प्लेकार्डसहित धर्ना दिदै नेताहरुलाई आन्दोलन जारी राख्न सचेत गराएका हुन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेका बेला कार्यकर्ताले आन्दोलनको विकल्प नरहेको भन्दै आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था आउन नदिन सचेत गराएका छन् ।

उनीहरुले पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै धर्ना दिएको बताएका छन् ।

प्रकाशित मिति : कार्तिक २४, २०८१ शनिबार  ५ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]