बैशाख २४, २०८२ बुधबार

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार सम्पन्न सिरिजको तेस्रो खेल पाकिस्तानले ८ विकेटले जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।

अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ३१.५ ओभरमा अल आउट हुदै १४० रन बनाएको थियो ।

सिरिजमा १-० ले पछि परेपछि पाकिस्तानले कमब्याक  गर्दै पछिल्ला दुवै खेल जितेको हो । पाकिस्तानले अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा २२ बर्षपछि पराजित गरेको छ । पाकिस्तानले २००२ देखि अस्ट्रेलियामा कुनै एकदिवसीय सिरिज जित्न सकेको थिएन ।

अब पाकिस्तानले अस्ट्रेलियाविरुद्ध ३ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ । सिरिजको पहिलो खेल आगामी विहिबार हुने छ ।

प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]