बैशाख २४, २०८२ बुधबार

नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार

काठमाडौँ । सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ । आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ३१ करोड ५२ लाख बराबरको कारोबार भएको थियो ।

आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुँरास लाघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी सहास उर्जाको ३८ करोड करोड १७ लाख ८७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ८ लाख ५० हजार १२८ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ३ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]