कनकाई ६ को वडाध्यक्ष पदमा एमालेको उम्मेद्वार घोषणा
बिर्तामोड । नेकपा (एमाले) ले कनकाई नगरपालिका वडा नं.६ को वडाध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरेको छ । आज एक कार्यक्रमका बीच उम्मेदवार घोषणा गरेको हो ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा तुलाराम बस्नेतलाई वडाध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरिएको हो । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल, झापा जिल्ला इञ्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य हरि राजवंशी, झापा जिल्ला अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङगेल, सचिव तुलसी कार्की लगायत नेताहरुले वडाध्यक्ष पद्का उम्मेदवार घोषणा गरेका हुन् ।
उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष बरालले सुशासन र स्थिरताको लागि नेकपा एमालेका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् । कनकाईको संमृद्धिका लागि एमालेको उम्मेदवारलाई विजय गराउन आग्रह गर्दै उनले भने, एमाले–कांग्रेस नेतृत्वको स्थिर सरकारले जनताको सपनालाई पुरा गर्नेछ ।