बैशाख २५, २०८२ बिहीबार

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

मंगलबार काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई सोहि दिन काठमाडौं ल्याइएको थियो । काठमाडौँ ल्याएकै दिन उनलाई प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]