बैशाख २५, २०८२ बिहीबार

अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ५ लाख ३ हजार ९ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]