बैशाख २०, २०८२ शनिबार

मंसिर १ देखी बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव

बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखी बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव – २०८१ आयोजना गरिएको छ । बिर्तामोडस्थित धर्मकाटा रोड उत्तरमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिएको हो ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रर्की संघको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएका हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजिसजाबाट गरिने बताइएको छ ।

मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने छन् । उक्त कार्यक्रममा सिक्किम सरकारबाट समेत एक जना मन्त्री समेत उपस्थिति हुने बताइएको छ ।
विभिन्न मनोरञ्जनका कार्यक्रमसँगै दैनिक जसो कला संस्कृति झल्किने चलचित्रसमेत देखाइने तयारी गरिएको नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]