बैशाख २०, २०८२ शनिबार

शिवसताक्षीमा जन्मजात अपाङ्गता भएका बालबालिका पहिचान सम्वन्धी अभिमूखीकरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नवजात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो ।
अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमूखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रमकी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगरभित्र पनि अपाङ्गगता भएका बाललिकाहरु रहेको तर पहिचान नभएका धेरै रहेको बताइन् । करुणा फाउण्डेशन मार्फत गरिएको कार्यक्रमबाट अपाङ्गता भएका बालबालिकाहरुलाई पहिचान गर्न सहज भएको र उनीहरुलाई राज्यले दिने सुविधाहरु बालबालिकासम्म पु¥याउन सकिने समेत जानकारी दिइन् ।

अभिमुखीकरण कार्यक्रम दुई चरण गरेर चार दिन गरिएको करुणा फाउण्डेसन नेपालका पालिका संयोजक सुरेन्द्र गिरीले जानकारी दिए । अपाङ्गता भएका बालबालिकाहरु पहिचानकालाई शिवसताक्षी नगरपालिकाभित्रका स्वास्थ्य कर्मीहरुलाई सहभागी गराई अभिमुखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अभिमुखीकरणमा डा. नविन उराउले सहजीकरण गरेका थिए ।

अभिमूखीकरण शिवसताक्षी नगरपालिका, करुणा फाउण्डेसन र सामाजिक विकास मन्त्रालयको साझोदारीमा भएको थियो भने कार्यक्रम सञ्चालन शिवसताक्षी नगरपालिका फोकल पर्सन निर्मला सिग्देलले गरेकी थिइन् ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]