बैशाख २५, २०८२ बिहीबार

निन्दा खोलामा भेटिएको बेवारिसे नवजात शिशु वडा कार्यालयलाई जिम्मा

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै बिहीवार नवजात शिशु फेला परेको छ ।

निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो । शिशुको अवस्था सामान्य रहेको छ, प्रहरीका अनुसार मेची नगरपालिका वडा नं. १० लाई शिशु जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार  ५ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]