बैशाख २५, २०८२ बिहीबार

बिर्तामोडमा मोटरसाइकल चोरी गर्ने विरुद्ध ५ दिन म्याद थप

बिर्तामोड । बाल्मिकी स्कुल बिर्तामोडबाट मोटरसाइकल चोरी गर्नेविरुद्ध थप अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । प्रहरीका अनुसार चोरी मुद्धामा इलाम माई नगरपालिका– ६ बस्ने २४ वर्षीय मनिश गिरीविरुद्ध म्याद थप भएको हो ।

मंगलवार बिहान अन्दाजी १०ः३० बजे बाल्मीकि स्कुल अगाडिबाट मे ६ प २८६७ नम्बर २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने गिरीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो । बाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड–५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल चोरी भएको थियो । हराउने बित्तिकै त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरीले तत्कालैबाट खोजी गरेको थियो ।

महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई नगरपालिका– ६ बस्ने २४ वर्षीय गिरीलाई पक्राउ गरेको थियो । गिरीलाई मोटरसाइकलसहित पक्राउ परे लगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको थियो ।

प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]