बैशाख २६, २०८२ शुक्रबार

मुख्यमन्त्री कार्कीद्वारा आफ्नै क्षेत्रको विकास अनुगमन

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण हुनलागेको चिल्ड्रेन पार्क निर्माण स्थलको निरिक्षण गर्नु भयो ।

गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने चिल्ड्रेन पार्क निर्माण स्थाल १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लनगेको हो ।
पार्क निर्माण स्थालको निरिक्षण पछि मुख्यमन्त्री कार्कीले शहरी विकास कार्यलय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानिय बासीको सहकार्यमा काम गर्न निर्देशन समेत दिनुभयो ।

पार्क सम्म जानका लागी गत वर्ष पर्यटन मन्त्रालय विराटनगरको२५ लाख रुपैयाको लागतमा ५८ मिटर लम्वाई र साढे ३ मिटर चौडाईको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको स्थानिय टिकाराम भण्डारीले बताउनुभयो ।

पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरीको प्रस्ताव पेस गरेको वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

यसका साथै मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विभिन्न योजनाको अनुगमन निरिक्षण गर्नुका साथै कार्यकर्ता संग भेटघाट समेत गर्नु भएको थियो ।

प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]