बिर्तामोड कृषिथोकमा आयातित ब्रोकाउलीमा विषादी अत्याधिक, उपभोग अयोग्य
बिर्तामोड । सुनसरीस्थित इनरुवाबाट बिर्तामोडमा आयात गरिएको ब्रोकाउलीमा विषादीको मात्रा उच्च देखिएको छ । आज विहान विषादी अवशेष विष्लेषणका क्रममा ब्रोकाउली उपभोग अयोग्य भएको हो ।
बिर्तामोडस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले ब्रोकाउलीको विषादी परीक्षण गर्दा विषादीको मात्रा उच्च भएको फेला परेको थियो ।
कृषिथोक बिर्तामोडमा माइला साइला सप्लायर्सले आयात गरेको ब्रोकाउलीमा विषादीको मात्रा ८०.३९ देखिएको प्रयोगशालाले जनाएको छ । विषादीको मात्रा ४५ भन्दा माथि देखिएमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।