बैशाख २६, २०८२ शुक्रबार

इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

सुनसरी, २ मंशिर । इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा यही मंसिर २१ र २२ गते इटहरी रङ्गशालामा काेसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको हाे ।

प्रतियोगितामा कोसी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी डोजाङका ५ सय बढीकाे सहभागिता रहने चन्द्रमा तेक्वान्दो डोजाङका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् ।

करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, तथा विजयी डाेजाङलाइ नगद १५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]