बैशाख २७, २०८२ शनिबार

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

जनकपुर, ४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

मधेश प्रदेश खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साँझ जर्सी अनावरण गरेका हुन् ।

जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्टसले सफलता पाउने बताए ।

जनकपुर बोल्ट्सका जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए ।

जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ ।

जनकपुरमा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]