बैशाख २०, २०८२ शनिबार

अर्जुनधारामा जीवाणु मल सम्बन्धी अभिमुखीकरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको आयोजनामा एक दिने जीवाणु मल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न गरिएको छ ।

संस्थाद्वारा आयोजित कार्यक्रममा स्थानीय कृषकहरूलाई सहभागी गराई अर्गानिक कृषि उत्पादनमा सुक्ष्म जीवाणु र पुनर्जीवित खेती प्रणाली ,नेपालमा पहिलो पटक उत्पादित थ्री– स्टार प्राङ्गगारिक जीवाणु मल लगायतका बारे प्रशिक्षण दिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष छविलाल शिवाकोटीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सो कार्यक्रममा अतिथि एवं प्रशिक्षक लोकप्रिय खनालले सहजीकरण गरेका थिए । बिषादीले गर्दा किसानलाई क्यान्सर हुन्छ त्यसैले विषादी औषधि होइन ,विषै हो । विषादीले नियन्त्रण गर्न नसकेका रोग र किराहरु भाइरस ÷ व्याक्टेरिया जन्य जरा सडाउने ढुसी,सिन्दुरे रोगहरु लगायतका बारेमा प्रशिक्षण गराइएको थियो ।

अध्यक्ष शिवाकोटीको सभापतित्व तथा सचिव कृष्णप्रसाद चापागाईंले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका वोर्ड सदस्य नरेन्द्र राई, संस्थाका निवर्तमान अध्यक्ष प्रेमसागर सापकोटा, हाई हिमालयनका प्रतिनिधि डिल्ली उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको बताइएको छ । त्यसै अवसरमा सहभागी कृषकहरुलाई थ्री–स्टार प्राङ्गगारिक जीवाणु मल प्रयोगका लागि नमूनाको रुपमा जनही १÷१ प्याकेट दरले वितरण गरिएको हाई हिमालयन प्रतिनिधि एवं मल कम्पनीका मार्केटिङ मेनेजर बासुदेव गौतमले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]