बैशाख २०, २०८२ शनिबार

विना तथ्यका सामग्री फैलाउनेलाई कारबाही गर

सम्पादकीय
झापाका मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता धर्म बचाऊ अभियानका संयोजक दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अफवाह फैलाएको भन्दै साइवर व्यूरोले पक्राउ गरेको हो । दुर्गा प्रसाईले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियासहित विभिन्न राष्ट्रमा ३१ अर्व राखेको कागजात सार्वजनिक गरे । सामान्य चेतना भएको मान्छेले गलत भन्न सक्ने कागजात राखेर प्रधानमन्त्रीको बदनाम गर्ने र त्यसको फाइदा लिने अभिप्राय देखियो । प्रधानमन्त्रीले यसअघि नै एक हजार थप गरेर दिने सार्वजनिक अभिव्यक्ति दिइसकेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा प्रसाईले राखेको विषयलाई ओली विरोधी समूहले स्वादका साथ प्रचार गरिरहेका छन् । ओली विरोधीहरुको लागि मसला बनेको कम्बोडिया काण्डले प्रसाईलाई हिरासत पुराएको छ । झुट झुट नै हुन्छ, त्यो कहिले सत्य हुन सक्दैन । कम्बोडियामा ३१ अर्ब राखेको विषयलाई पत्याउनु अर्को मुर्खता हो । विशेष गरी रास्वपाका कार्यकर्ताहरुलाई प्रसाईले खुशी बनाउन रचिएको प्रपोगाण्डा जस्तो देखिन्छ । विना तथ्य प्रधानमन्त्रीविरुद्ध अफवाह फैल्याउनु अपराध नै हो । यसले कतिलाई मज्जा आउन सक्छ, तर अन्य राष्ट्रले नेपाली नागरिकको अनुशासनहिनता स्पष्टसँग बुझ्ने छन् ।

कम्बोडिया काण्ड भन्दै सार्वजनिक गर्ने अभियान्ता प्रसाई पक्राउ परे । प्रेस काउन्सिलले प्रसाईको विना तथ्य सामग्रीलाई प्रशारण गर्ने ९ वटा युट्युवलाई समेत कारबाही गरेको छ । सामाजिक सञ्जाल मार्फत कुनै पनि विषयमा भ्रम फैलाउने, अराजकता मच्चाउनेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यो मात्र होइन, विना तथ्य, प्रपोगाण्डाका लागि कुनै पनि सामग्री शेयर गर्ने, लाइक गर्ने समेतलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । सामाजिक सञ्जालमा मनपरी गर्नेहरुलाई उन्मुक्ति दिन हुदैन । उन्मुक्ति दिएकै कारण सञ्जालहरुमा अराजकता बढेको छ । कसैले पनि सञ्जालको दुरुपयोग नगरौं । आफ्नो सञ्जालमा आएका सामग्रीहरुको सत्यतथ्य बुझेर मात्र लाइक, कमेन्ट र शेयर गरौं । सञ्जाल समाजलाई गलत बाटोमा जान आजैबाट रोकौं ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]