बैशाख २७, २०८२ शनिबार

कीभस्थित अमेरिकी दुताबास अस्थायी रुपमा बन्द

काठमाडौँ । अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ ।

बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुताबासलाई अस्थायी रुपमा बन्द गरेको छ । दुतबासले एक आकस्मिक सूचना दिदै दुताबास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ ।

पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द बढ्ने संकेत देखिएको छ । अमेरिकाले युक्रेनलाई आफुले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउदै आएको छ ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  १ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]