बैशाख २७, २०८२ शनिबार

किर्ते हस्ताक्षर प्रकरणमा जोडिए रास्वपा झापाका उपसभापति प्रकाश पाठक

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाका उपसभापति प्रकाश पाठक किर्ते कार्यमा संलग्न भएको पाइएको छ । गत जेठ ४ गते अदुवा खोला सिँचाई आयोजनाको बैठक पुस्तिकामा किर्ते हस्ताक्षर गरेर लाखौं रकम चलाएको घटनामा पाठक जोडिएका हुन् ।

आयोजनाको धरौटी खाताको रकम निकाल्न कार्यसमितिको बैठक पुस्तिकामा अधिकांश हस्ताक्षर किर्ते गरिएको फेला परेको छ । किर्ते हस्ताक्षर गरेर बुझाइएको निर्णयका आधारमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भद्रपुरले रकम निकासा गरेको थियो ।

उक्त निर्णयमा कार्यसमितिका १३ जनामध्ये १० जनाको हस्ताक्षर गरेको पाइएको छ । अध्यक्ष थापा, कोषाध्यक्ष लोकनाथ ओलीले उक्त निर्णयमा हस्ताक्षर गरेको स्वीकार गरिसकेका छन् भने सचिव पाठकले हस्ताक्षर हेरेर मात्र भन्न सकिने बताए । अध्यक्ष थापाले सचिव पाठकले नै हस्ताक्षर गरेर निर्णय बुझाएको दावी गरेका छन् । थापा भन्छन, मैले हस्ताक्षर गरेको हो, बाँकी हस्ताक्षर संस्थाको सचिवले केके गर्नुभएको छ । उहाँलाई थाहा हुनुपर्छ । त्यसको जिम्मेवार पनि उहाँ नै हो ।

सोही हस्ताक्षरको सहायताबाट संस्थाले धरौटी खाताको पैसा निकालेका हुन् । संस्थाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीका अनुसार १० जनाको हस्ताक्षरमा पनि कोपिला पौडेलको हस्ताक्षर अंग्रेजीबाट गरिएको थियो । ‘उहाँ कहिल्यै अंग्रेजीबाट हस्ताक्षर गर्नुहुन्न ।’

संस्थाका अन्य सदस्यहरु देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा, बालमाया कार्कीले उक्त निर्णयमा हस्ताक्षर नगरेको जानकारी दिए । उनीहरु आफ्नो हस्ताक्षर किर्ते भएको बताउँछन् । सहसचिव सीतादेवी अधिकारी र सदस्य रेनुका भेटवालसँग हस्ताक्षर बारे बुझ्दा सम्पर्क हुन सकेन ।

किर्ते हस्ताक्षर गरेर कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा १७ लाख ५४ हजार चलाएको उपभोक्ताहरुले आरोप छ । अध्यक्ष थापाले १० लाख ५४ हजार मात्र चलाएको स्वीकार गरेका छन् । तीनै जनाले पैसा चलाएको हो, उनले थपे – सचिवले भाईलाई अष्ट्रेलिया पठाउँदा ५ लाख चलाउनु भएको हो ।

सचिव पाठकले उक्त रकम अध्यक्ष थापाले नै चलाएको दावी गरेका छन् । उनी भन्छन्, मेरो नाममा चेक काटेर पैसा निकाले पनि पैसा अध्यक्ष ज्यूले चलाएको हो ।

यो पनि पढ्नुहोस् –

अध्यक्ष, सचिव र कोषाध्यक्षले चलाए किर्ते हस्ताक्षर गरेर अदुवा खोला सिँचाईको १७ लाख

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]