बैशाख २७, २०८२ शनिबार

राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को मङ्सिर ८ देखि ११ गतेसम्ममा हुने ११औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन् ।

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]