बैशाख २८, २०८२ आईतबार

गैडे सामुदायिक वनको निर्वाचनमा एमालेको वर्चश्व

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बाहेक अन्य सबै पदका उम्मेद्वार विजयी भएका छन् । एमाले तर्फका उम्मेद्वार रामध्वज लावती अध्यक्षमा निर्वाचित भएका छन् ।

उनीे ५२८ मत प्राप्त गरी आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिवद्धन्दी नेपाली कांग्रेसको तर्फका उम्मेद्वार अमृतबहादुर कार्की ३९८ र स्वतन्त्र उम्मेद्वार सन्तोष लामाले ९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पदका नेकपा माओवादी केन्द्रका रविन राई निर्वाचत भएका छन् । उनले ४७७ पद प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी दिपेन्द्र संग्रौलाले ३७९ र भानुप्रसाद उप्रेतीले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा जानुका धितालले ४४६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी कुमारी योङहाङ्ग (फागो)ले ४४३ प्राप्त गरेकी छिन्।

कोषाध्यक्ष पदमा ४०७ मत प्राप्त गरी टिका बास्कोटा निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी टिकामाया तुम्सा लिम्बुले ३६३ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी खुल्ला सदस्य तर्फ अम्बरबहादुर योङहाङ्ग, रविन राई र हेमन्त कार्की निर्वाचित भएका छन् । महिला सदस्यमा सम्झाना अधिकारी,महिला आदिबासी जनजातिमा कान्तिहाङ्ग सेलिङ लिम्बु , महिला दलितमा विन्दाकुमारी दर्जी, महिला सदस्य पिछडा वर्गमा रिना कुर्मी निर्वाचित भएको निर्वाचन समिति सदस्य नारायण भट्टराईले जनाकारी दिए ।

त्यस्तै ब्लक नं. माई न.पा ८ लोसे सदस्यमा बुद्धकुमार लिम्बु, ब्लक नं. ५ शिवसताक्षी १० ट्याक्राका सदस्यमा कमलप्रसाद निम्सिना निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको तर्फबाट १३ सदस्य मध्ये १२ सदस्य निर्वाचत भएका नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेदनी दंगालले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]