बैशाख २४, २०८२ बुधबार

गोलभेडा ९०, आलु ६५ प्रतिकेजिः कालीमाटी बजार

काठमाडौ, मंसिर ०९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३८० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ ।

यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १२०, भारतीय मेवा १०० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा ६० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १००, लौका ९०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ८०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १३० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ६० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २८०, भारतीय सुकेको प्याज १००, हरियो प्याज १०० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन २५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]