दिपक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा १५ लाखको क्षति
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका- ६ बुट्टावारीस्थित दिपक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । अर्जुनधारा ११ बस्ने दिपक राजवंशीले भाडामा लिई सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा आज साँझ बिद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागी हुनासाथ अस्थाई प्रहरी चौकी बुट्टावारी र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोली,स्थानीय, बिर्तामोड,भद्रपुर र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः१५ बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको बिर्तामोड प्रहरीे जनाएको छ ।
उक्त आगलागीबाट वर्कसपमा रहेको मर्मतको लागि राखिएको स्कुटर–१ थान,सुपर स्प्लेण्डर मोटरसाइकल–१थान,एयर कम्प्रेसर–१ थान,मर्मतमा प्रयोग हुने बिभिन्न औजारहरु र उक्त कोठामा समेत क्षति भई अन्दाजी मूल्य १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।