बैशाख २०, २०८२ शनिबार

बाह्रदशीकी मनिषा राजवंशीलाई ‘मिस हेरिटेज पेटाइट युनिभर्सको’ शीर्ष उपाधि

बिर्तामोड । थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता मिस हेरिटेज पेटाइट युनिभर्सको शीर्ष उपाधि नेपालबाट प्रतिनिधित्व गरेकी मनीषा राजवंशीले हात पारेकी छिन ।

उक्त प्रतियोगितामा ४३ देशका प्रतिनिधि प्रतिस्पर्धी थिए । झापा बाह्रदशी गाउँपालिका–६ की मनीषाले समाजशास्त्रमा एमए गरेकी छन् । शिक्षिकासमेत रहेकी उनी राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन् ।

आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको उनी बताउँछिन् ।

उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौं (दोस्रो रनर अप),सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी थिइन् । त्यस्तै २०२१ मा मिस डिभाको वीनर भएकी थिइन् ।

मनीषासहित अन्य विधाका प्रतिस्पर्धीमा नेपालबाट प्रशंसा बुढाथोकी, वसन्त लामिछाने, सुश्मिता श्रेष्ठ र अलिशा लोले थाइल्याण्ड पुगेका थिए । अन्य विधामा पनि नेपालले धेरै उपाधि हात पार्न सफल भएको नेपालका इभेन्ट निर्देशक रमेश शाहीले बताए ।

प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]