बैशाख २९, २०८२ सोमबार

भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं  –  नेपाली बजारमा सोमबार एकै दिन सुनको भाउ १६ हजार रुपैयाँले घटेको छ। सुनको भाउ अघिल्लो दिन आइतबारको तुलनामा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछि सुनचाँदीमा भारी गिरावट आएको हो।

जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ। मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले महसुल दर घटाउने निर्णय गरेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार  ३ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]