बैशाख १९, २०८२ शुक्रबार

बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना

नयाँदिल्ली, १० मंशिर । दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ। ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाई गरिरहेको छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टुबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा १ लाख ६४ हजार सवारीसाधनमा १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यसबाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । १३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा  दिल्ली सीमाबाट फिर्ता गरिएको थियो।

प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार  ३ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]