बैशाख २९, २०८२ सोमबार

सरस्वती माविमा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर – ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा ‘लागुऔषध दुव्र्यसन र मादक पदार्थ सेवन विरुद्ध सचेतनामुलक कार्यक्रम’ सम्पन्न भएको छ ।

निर्माणधिन बुट्टाबारी– प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अवाञ्छित क्रियाकलाप गर्ने मान्छेदेखि टाढा रहन सबैलाई सचेत गराउनु भयो । बिर्तामोडमा लागुऔषधको भयाबह अवस्था रहेकोले कुनै पनि प्रकारका गतिविधि देखिए प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गर्नुभयो ।

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले लागूऔषधका कारण युवाहरु बिग्रदै गएकोले अभिभावकले निगरानी बढाउनु पर्ने बताउनु भयो । उहाँले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने सडकको लगानीकर्ता वल्ड बैंकलाइ धन्यवाद व्यक्त गर्नु भयो ।

सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धिका अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिनु भयो । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबले लागुऔषध नियन्त्रणमा जोड दिनुभयो ।

निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा ध्रुव उप्रेतीले स्वागत तथा बिजय तिम्सिनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा मनकामना कलेजका ब्याचलर अफ सोसियल वर्क (बिएसडब्ल्यु)मा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक ‘पेन्टोमाइम शो’ प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।

प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]