बैशाख २९, २०८२ सोमबार

सुरुङ्गामा गाई हत्या, दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

चन्द्र बस्नेत

कनकाई । झापाको कनकाई नगरपालिका–३ टप्पु चोकमा मंगलबार आज बिहान अज्ञात समूहले गाई काटेको घटना सार्वजनिक भएपछि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधिएको लीला प्रसाद सिलवालको गाई बिहान दुहुन जाँदा हराएपछि खोजी गर्दा लीला संग्रौलाको घरभित्र काटिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न समूहको खोजी सुरु गरेको छ । घटनास्थलमा ज्याला मजदुरी गर्ने मुस्लिम समुदायका केही व्यक्ति बसोबास गर्दै आएको विवरण प्राप्त भएको छ । घटनामा संङ्लग्न रहेकोे आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अहिले गाई धनी स्थानीय बासिन्दा, हिन्दू धर्मावलम्बीहरु गौ रक्षक अभियान्ताहरु करिब ३ सय बढीले हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यति बेला ईलाका प्रहरी कार्यलय बिर्तामोड, सुरुङ्गा प्रहरी, नगर प्रहरी लगायतको सुरक्षा निकायले घटना स्थलको सुरक्षा कडाई गरेको छ ।

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गाई मारी खाने हत्यारालाई कानुन अनुसारको हदैसम्मको कारबाही लागि जोडदार माग गरेका छन् । स्थानीय नगरबासीलाई दोषीलाई हदैसम्मको कार्वाही गरेर सुन्दर र शान्त कनकाईको पहिचान दिलाउने प्रतिवद्वता व्यक्त गरेका छन् । दुई महिनाअघि झापाको दमकमा पनि गाई काटिएको घटनामा चार जना पक्राउ परेका थिए ।

प्रकाशित मिति : मंसिर ११, २०८१ मंगलबार  ५ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]