सुरुङामा गौहत्या : राजमार्ग खुल्यो, दाहसंस्कार गर्न कोटिहोम लगियो
बिर्तामोड । स्थानीयबासी र हिन्दुवादीहरुले गौहत्याको विरुद्धमा प्रदर्शन गर्दा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ । झापाको सुरुङामा भएको गाई हत्याको विरोध गर्दै पूर्वपश्चिम राजमार्ग ४० मिनेट अवरुद्ध भएको थियो ।
अहिले हत्या गरिएको गाईको दाहशंस्कारका लागि कोटहिोम तर्फ लगिएको छ । स्थानीयबासीले गाई हत्यारालाई कारबाहीको माग गर्दै नाराबाजीसहित कनकाई नदी क्षेत्र लगिदैंछ ।
झापाको कनकाई नगरपालिका–३ टप्पु चोकमा आज बिहान अज्ञात समूहले गाई काटेको घटना सार्वजनिक भएसँगै सो क्षेत्र तनावग्रस्त बनेको थियो । स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधिएको लीला प्रसाद सिलवालको गाई बिहान दुहुन जाँदा हराएपछि खोजी गर्दा लीला संग्रौलाको घरभित्र काटिएको अवस्थामा फेला परेको थियो ।
गाई हत्याको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।