बैशाख २४, २०८२ बुधबार

बेबारिसे अवस्थामा ७ सय केजी अवैध लसुन बरामद

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मंगलवार साँझ ७ सय केजी अवैध लसुन बरामद गरेको छ ।

प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न.६ स्थित बाँसझ्याङमा अवैध रुपमा ल्याई लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ लाख ५० हजार बराबरको लसुन फेला पारी नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]